उपाधी दाबेदारको रुपमा हेरिएको ईटाली र स्पेन युरोकपको सेमिफाईनल प्रवेश गरेका छन् । आज बिहान सम्पन्न खेलमा ईटालीले बेल्जियमलाई दुई एक गोल अन्रतले स्तव्ध पार्यो ।
ईटालीका लागि खेलको ३१ मिनेटमा निकोलो बरेलाले गोल गर्दै इटालीलाई अग्रता दिलाए।
भेराटीले दिएको पासमा मिडफिल्डर बरेलाले बललाई सदुपयोग गर्दै गोलमा परिणत गरेका थिए ।
खेलको ४४ मिनेटमा इटालीले अग्रता दोब्बर पारे। लोरेन्जो इनसाइनले इटालीका लागि दोस्रो गोल गरे। यो गोल नै ईटालीको जीतका लागि पर्याप्त बन्यो ।
पहिलो हाफको इन्जुरी टाइममा बेल्जियमले गोल फर्कायो। पेनाल्टीमा लुकाकुले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे ।
दोस्रो हाफमा बेल्जिमयले बराबरी गर्ने अवसर गुमाएको थियो। ६१ मिनेटमा लुकाकुको प्रहार विफल भएको थियो।
जितसँगै इटाली ३२ खेलमा अपराजीत रहेको छ ।
यसै गरी गएराति सम्पन्न खेलमा स्पेनले स्वीजरल्याण्डलाई पाखा लगाउदै सेमिफाईनल यात्रा सुनिश्चित गर्यो ।
आत्माघाती गोल गरेपछि स्वीजरल्याण्ड पहिलो हाफ्मै एक शुन्यले पछि परेको थियो ।
स्वीजरल्याण्डका लागि बराबरी गोल साकीरीले ६८ औँ मिनेटमा गरे । खेलमा स्पेनले कुनै पनि गोल गर्न सकेन ।
त्यसपछि अतिरिक्त समयमा खेल धकेलिदा पनि दुबै टिमले गोल गर्न सकेनन् । जब कि ७७ औँ मिनेटपछि स्वीजरल्याण्ड १० खेलाडीमा सीमित भएको थियो ।
अन्ततः पेनाल्टी सुटआउटमा पुगेको खेलमा भने स्वीजरल्याण्ड चुक्यो ।
पेनाल्टीमा स्पेनले तीन गोल गर्दा स्वीजरल्याण्डले एक गोल मात्र बनाएको थियो ।
यस अघि अन्तिम १६ को खेलमा स्वीजरल्याण्डले फ्रान्सलाई पेनाल्टीमा स्तव्ध पारेको थियो । त्यो बेला फ्रान्सका स्टार खेलाडी एम्बापेको गोल स्वीजरल्याण्डका गोल किपरले रोक्न सफल भएका थिए ।
आज क्वार्टरफाईनलको अन्तिम खेलमा चेक रिपव्लिक र डेनमार्क तथा युक्रेन र बेलायतबीच खेल हुनेछ ।