मोटरसाइकल चोरीमा संलग्न आरोपमा ८ पक्राउ

मोटरसाइकल चोरीमा संलग्न आरोपमा ८ पक्राउ

  • शुक्रबार, असार १८, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

दाङ, १८ असार । जिल्लाका विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी रोल्पा र प्यूठान जिल्लामा लगेर बिक्री गर्ने गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका सुलिचौरका २८ वर्षीय श्रीताज अली अन्सारी, लुङ्गी गाउँपालिका—४ नाम्जाका २६ वर्षीय लेखनाथ विष्ट, सोही गाउँपालिका—५ बडाचौरका २५ वर्षीय टेकेन्द्र विष्ट, वडा नं ६ गुम्चालका २६ वर्षीय नुमबहादुर रोका क्षेत्री, सोही ठाउँका २२ वर्षीय हिराबहादुर विष्ट, घोराही उपमहानरपालिका—१९ का १९ वर्षीय जाबेद खान, प्युठान स्वर्गद्वारी नगरपालिका—३ जलुकेका २४ वर्षीय ठगिराम थाप र भारत बलरामपुर जिल्ला तुलसीपुर थाना बस्ने २२ वर्षीय मोहमद रफिक रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

रोल्पाको सुलिचौरस्थित ग्लोबल सर्भिस सेन्टरका सञ्चालकसमेत रहेका श्रीताजअली अन्सारीले रोल्पामा चोरीका मोटसाइकल खरिद गर्ने गिरोह परिचालन गरेको तथा प्युठान जलुकेमा थापा अटोपार्टस सञ्चालन गरेका ठगिरामले चोरीका मोटरसाइकलका खरिद गरी बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुले मोटरसाइकल चोरी गरी प्यूठानमा लगेर त्यसको स्वरुप परिवर्तन गरेर बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयमा मोटरसाइकल चोरी भएको निवेदन आउन थालेपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको थियो । प्राप्त सूचनाका आधारमा प्रहरीले अनुसन्धानका क्रममा चोरी गर्ने र खरिद गर्ने गिरोहका नाइकेलाई पक्राउ गर्न सफल भएको बताइएको छ । चोरीका विभिन्न कम्पनीका १३ वटा मोटरसाइकलसहित पक्राउ परेका सबै जनालाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय दाङमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ