बम आयोगको प्रतिवेदन पीडितको हितमा छ: आरक्षपीडित

बम आयोगको प्रतिवेदन पीडितको हितमा छ: आरक्षपीडित

  • बिहिबार, असार १७, २०७८
  • डम्मर दत्त भट्ट

  • 10K
    SHARES

कञ्चनपुर, १७ असार । कञ्चनपुरका आरक्षपीडितले बम नेतृत्वको आयोगले सरकारलाई बुझाएको प्रतिवेदन पीडितको हितमा भएको बताएका हुन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितलाई मुआब्जा उपलब्ध गराउने कार्यदलले बषौँदेखि विस्थापित भएका आरक्षपीडित परिवारलाई कम्तिमा १० कट्टा जमिन र जमिन दिन नसके ६० लाख राहत दिने निर्णय सहित सरकारलाई प्रतिवेदन बुझाएपछि आरक्षपीडित हर्षित भएका हुन । केही दिन मात्रै आयोगका अध्यक्ष सुरेन्द्र बमले विघठित प्रतिनिधी सभा सदस्य नर बहादुर धामी सहितको उपस्थितिमा वनमन्त्री गोपालमान श्रेष्ठलाई कञ्चनपुरका आरक्षपीडितको पूर्नस्थापनका लागि प्रतिवेदन बुझाएका थिए ।
बिहीबार आरक्षपीडित जिल्ला समन्वय संघर्ष समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै बम आयोगले सरकारलाई बुझाएको प्रतिवेदनको स्वागत गरेको छ । संघर्ष समितिले ४७ बर्ष अर्थात झण्डै पाँच दशकमा विभिन्न २९ आयोग गठन हुँदा कुनैपनि आयोगले पीडितको हित भन्दा सत्ता पचाउने काममा मात्रै तल्लिन भएको पीडितको भनाई छ ।
‘सुधिर कोईराला नेतृत्वको २९ औँ आयोगले विस्थापित परिवारलाई १ कट्टा जमिन र पाँच लाख दिने गरिएको लज्जास्पद सिफारिसले पीडामाथि पीडा र गरिबीको खिल्ली मात्रै उडाएनन, ‘आरक्षीडित सघंर्ष समितिको विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘पीडितको घाउमा नुन चुक छर्नो काम गर्ने समेत पछि परेनन, तर जनता सामु जनउत्तरदायित्व अविचलित भई जनताको पक्षमा काम कसरी गर्नुपर्छ भन्ने कुराको असली पाठ सिकाएको छ ।’
३० औँ कार्यदलका संयोजक बमले सिफारिस प्रतिवेदले विस्थापित प्रति घर परिवारलाई न्यूनतम १०कट्टा जमिन वा ६०लाख रुपैया दिनुपर्ने भनि सिफारिस गर्नुले बषौँदेखि आफ्नो थाकथलो अधिग्रहरणका परि पीडामा बाँचेका विस्थापितको घाँउमा मलम लगाउने काम गरेको पीडितको अनुभूति छ । ‘आजसम्मका कार्यदल आयोगले पेश गरेका सिफारिसहरु भन्दा पीडितको पक्षमा बालेको कम बम कार्यदलको सिफारिस नै पहिलो सिफारिस हो, ‘विज्ञप्तीमा भनिएको छ, ‘जुन आरक्षपीडित घर परिवारले उच्च सम्मान सहित सो प्रतिवेदनको हार्दिक स्वागत गर्दछौँ ।’ संघर्ष समितिले २० बर्षदेखिको समस्या मध्य नजर गर्दै समाधान तर्फ लैजान सहयोग गर्ने पुर्व वनमन्त्री प्रेम आले, विघठित प्रतिनिधी सभा सदस्य नर बहादुर धामी, विभिन्न राजनीतिक दल, संचारकर्मी लगायत अध्यक्ष बम नेतृत्वका कार्यदलप्रति आभार प्रकट गरेका छन ।No description available.
आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले हस्ताक्षर गरेको विज्ञप्तीमा कार्यदलको सिफारिस प्रतिवेदनलाई आयोगको समय सीमा भित्र कार्य सम्पादन गरी आरक्षपीडित परिवारको मुहामा हर्ष प्रदानका लागि अपेक्षा राखेका छन । ०५८ सालमा आरक्षविस्तारका क्रममा तत्तकालिन रौतेलिविचुवाबाट विस्थापित भएका पीडित पदमा पालले सुरेन्द्र बम नेतृत्वको आयोगले पीडितकै हितका सरकारलाई सिफारिस गरेको बताए । ‘विगतका आयोगले भत्ता खाने, नामका लागि र काम भन्दा शासनका लागि काम गरे, ‘उनले भने, ‘बम आयोगले पीडितको हितमा काम गरेका छन, त्यसलाई सरकारले कार्यान्वयन गर्नुपर्छ ।’
बेलडाँडीबाट विस्थापित आरक्षपीडित लालसिह विष्टले बम नेतृत्वको आयोगले पीडितको हितका काम गरेको अनुभूति भएको बताए । ‘हेर्नुहोस म ०५८ सालमा विस्थापित र मेरो जमिन सरकारले खोस्यो, ‘उनले भने, ‘उतिबेलादेखि ०७७ सम्म पनि थुप्रै आयोग गठन भए तर, बम आयोगले सरकारसंग दृढ हुन नसकेनन, बम आयोगले पीडितलाई पहिलो प्राथमिकतामा राखेर जमिन नै दिन खोजेका छन ।’
देखतभूलीबाट विस्थापित पदम रानाले वर्तमान आयोगको काम शुरुवाति चरणमै राम्रो पीडितकै हितमा भएको बताए । कृष्णपुरबाट विस्थापित भई खुला आकासमुनी बस्न बाध्य भएका राम चौधरीले बम नेतृत्वको आयोगबाट पूर्नस्थापना हुने आशावादी रहेको बताए । सुडाबाट विस्थापित भएका आरक्षपीडित बलबिर सिह भण्डारीले विगतका आयोग भन्दा यस आयोगले कम्तिमा भनेर जमिन र राहत दिने प्रस्ताव सरानिय भएको बताए । ‘यो आयोगले समयम सापेक्ष अनुरुप प्रस्ताव अघि सारेको छ, ‘उनले भने, ‘यसबाट हामी आशावादी र्छौँ ।’ बेलौरीबाट विस्थापित भएका आरक्षपीडित गणेश लुहारले विगतमा गठन भएका आयोग भत्ता खानेमै ठिक्क भएकाले पीडितको हितका के गरे, गरेनन् भन्ने समेत थाहा नहुने वर्तमान आयोगले पीडितको हितमा गरेको काम जानकारी भएकोले खुसी भएको बताए । आरक्षपीडित जिल्ला समन्वय संघर्ष समितिका अध्यक्ष हिरासिह भण्डारीले पीडितको हितमा काम भएको बताए । ‘यस पटकको आयोगले पीडितको हित चाहेको छ, ‘उनले भने, ‘पीडितकै हितमा भएकाले हामी हर्षित छौँ ।’ अध्यक्ष भण्डारीले आयोगले ल्याएको प्रतिवेदन सरकारले यथाशिघ्र कार्यान्वयन गर्नुपर्ने बताउँदै उनले पूर्नस्थापना भए पीडितको न्याय नै हुने बताए । ०५८सालमा काँग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको सरकारका पालामा विस्थापित भएका कञ्चनपुरका आरक्षपीडित अझैसम्म पनि पूर्नस्थापना नहुँदा उनीहरु खुला आकासमुनी बस्न बाध्य भएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ