‘डिसिसिएमसी’लाई माओवादी केन्द्रद्धारा स्वास्थ्य सामाग्री प्रदान

‘डिसिसिएमसी’लाई माओवादी केन्द्रद्धारा स्वास्थ्य सामाग्री प्रदान

  • बिहिबार, असार १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

इलाम, १७ असार । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र इलाम जिल्ला समितिद्धारा इलाम जिल्लास्थित जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । बिहीबार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कालाई उक्त सामाग्री प्रदान गरिएको हो । माओवादी केन्द्रको केन्द्रिय कार्यक्रम अन्र्तगत देश भरीको ७७ वटै जिल्लामा स्वास्थ्य सामाग्री वितरण गर्ने कार्यक्रम अनुसार इलाम पनि वितरण गरिएको माओवादी केन्द्र इलाम नगरका अध्यक्ष प्रभास शर्माले जानकारी दिएका छन् ।
कोभिड १९ संकट व्यवस्थापन समितिलाई एन्टिजेन किट, पिपिई सेट, एप्रोन, फेस शिल्ड, केएन ९५ मास्क, सर्जिकल मास्क, पल्स अक्सोमिटर लगायतका करिब एक लाख पैतालिस हजार मुल्य बराबरको सामाग्री उपलब्ध गराईएको हो । हालको विषम परिस्थितिमा गाउँ शहरमा गएर सामाग्री वितरण गर्न असहज भएकोले कोभिड १९ संकट व्यवस्थापन समितिले आवश्यक परेको स्थानमा स्वास्थ्य सामाग्री उपलब्ध गराउन सकोस भनेर सामाग्री प्रदान गरिएको माओवादी केन्द्र प्रदेश नं. १ की सदस्य टीका घिमिरेले जानकारी दिनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ