पहिरोमा परी तनहुँमा दुई जनाको मृत्यु , देशभर बाढी र पहिरोको जोखिम बढ्दै

पहिरोमा परी तनहुँमा दुई जनाको मृत्यु , देशभर बाढी र पहिरोको जोखिम बढ्दै

  • बिहिबार, असार १७, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

तनहुँ । अविरल वर्षासँगै आएको पहिरोमा परी तनहुँमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–३ तामुङकी ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

त्यस्तै गरी शुक्लागण्डकी नगरपालिका–९ स्थित सिम्लेमा पहिरो खस्दा दुईवटा घरमा क्षति भएको छ ।

स्थानीय खगिसरा भुजेलको दुई वटा घर पुरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै छाक्दी खोलामा आएको बाढीले व्यास नगरपालिका १ र १३ जोड्ने पक्की पुल बगाएको छ ।
यसै गरी अविरल वर्षासँगै देशभर बाढी पहिरोको जोखिम बढेको छ । विभिन्न नदीहरुमा जलसतह बढेको छ । तराईका जिल्लाहरुमा पनि डुवानको जोखिम बढेको छ । अविरल वर्षाले यस पटक शुरुदेखि नै ठूलो मात्रामा धनजनको क्षति गराईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ