केही दिन अघि दलित भएकै कारण कोठा नदिएको भन्दै प्रहरीमा उजुरी दिएर बबरमहलकी सरस्वति प्रधानलाई पक्राएकी रुपा सञ्चारकर्मी रुपा सुनार विरुद्ध प्रधानले कार्बाहीको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएकी छन् ।
प्रधानले उजुरीमा आफूले कुनै जात जातिका बारेमा विवाद नगरेको पनि बताएकी छन् ।
उनले घरधनी आफू नभई आफ्नो सासु र श्रीमान् भएको भन्दै आफूलाई झुठो आरोपमा मानवअधिकार हनन् हुने गरी थुनाईएको, रुपालाई कोठाको आवस्यकता नै नभई आपराधीक कार्यका लागि कोठाको खोजी गरेको, विना पिसिआर रिपोर्ट निषेधाज्ञाको उलंघन गर्दै हिँडडुल गरेको निवेदनमा दाबी गरेकी छन् ।
साथै कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कार्बाही गर्नु पर्ने सरस्वतीले माग गरेकी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline