मनकामना स्मार्ट लघुवित्तको आईपिओ बिहिबार निस्कासन हुने

मनकामना स्मार्ट लघुवित्तको आईपिओ बिहिबार निस्कासन हुने

  • बुधबार, असार १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले बिहिबार असार १७ गतेबाट ३ करोड ८९ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्दैछ ।
यो लघुवित्तले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२।११ प्रतिशतबराबरको आईपीओ निष्कासन गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकितदरका कुल ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। कुल कित्तामध्ये जारी पुँजीको ०।५ प्रतिशत सेयर कर्मचारीहरुलाई र कुल निष्कानको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

यो आईपीमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाहरुबाट तथा मेरो सेयर पोर्टलबाट अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत यस आईपीओमा आवेदन दिन सकिनेछ।

यो आईपिओ असार २१ गते सम्म भर्न सकिने छ । धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

भैरहवाको सिद्धार्थनगरमा मुख्य कार्यालय रहेको यो लघुवित्तले लुम्बिनी प्रदेशका ९ जिल्लामा ३६ शाखा कार्यालयबाट सेवा दिँदै आएको छ।

पछिल्लो दिनमा आईपिओमा अत्याधिक आवेदन पर्ने गरेका कारण न्युनतम १० कित्ताका लागि आवेदन दिनु पर्याप्त हुने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ