मेयर थापाले सुकुम्बासी बनाउन खोजेको भन्दै बेलकाका स्थानीयद्धारा नगरपालीका घेराउ, प्रहरीले बलप्रयोग गर्दा झडप

मेयर थापाले सुकुम्बासी बनाउन खोजेको भन्दै बेलकाका स्थानीयद्धारा नगरपालीका घेराउ, प्रहरीले बलप्रयोग गर्दा झडप

सुरक्षाकर्मीसहित स्थानीय घाईते, स्थानीय राजनीतिक दलहरुद्धारा विरोध

  • बुधबार, असार १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

बेलका, १६ असार । उदयपुरको बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा स्वस्तिकले आफुहरुलाई सुकुम्बासी बनाउन खोजेको भन्दै स्थानीयले बुधवार नगरपालिका कार्यलय घेराउ गरेका छन् । मेयर थापाले ऐलानी जग्गालाई कवुलियत वन बनाउन सिफारिस गरेपछि गाउँलेले विरोध जनाएका हुन् ।

नगरपालिकाको वडा नम्बर ३ र ९ लगायतका वासिन्दालाई सुकुम्बासी बनाउने सड्यन्त्र गरी मेयरले कबुलियत वन बनाउन सिफारिस गरेको भन्दै स्थानीय वासिन्दा नगरपालिका कार्यालय घेरा उगर्न पुगेका थिए । गाउँलेले नगरपालिकाको कार्यालय तोडफोड गर्न थालेपछि झडप भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

झडप हुँदा चार प्रहरी सामान्य घाइते भएका छन् भने प्रहरीले झडप नियन्त्रणको लागि छ राउण्ड हवाई फायर र बीस राउण्ड अश्रुग्यास प्रयोग गरेको थियो ।
नगरपालिका क्षेत्रसहित आसपासको झण्डै १२६ हेक्टर जग्गालाई हालै नेपाल सरकारले कबुलियत बन बनाउने निर्णय नगरपालीकाबाट गराएर मेयर थापाले बर्षौ देखि सो क्षेत्रमा बसोबाट गर्दै आएका स्थानीयलाई बिचल्लि बनाउन खोजेपछि स्थानीय जनता नगरपालिका घेर्न आएपछि प्रहरीसँग झडप भएको डिएसपि गौतमले बताउनु भयो ।
घाईते हुनेमा नेपाल प्रहरीका दुई र सशस्त्र प्रहरीका दुई गरी चार प्रहरी जवान रहेका छन् । त्यस्तै १० जना गाउँले पनि घाइते भएका छन् ।

डीएसपी गौतमका अनुसार प्रदर्शनकारीले नगरपालिकाको गाडी र मेयरको कार्यकक्षमा समेत तोडफोड गर्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो । घाइते प्रहरीको सदरमुकाम गाईघाटमा उपचार गरिएको डीएसपी गौतमले जानकारी दिनुभयो ।
प्रदर्शनमा सहभागी १० भन्दा बढी गाउँलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नगरपालीका घेराउन गर्न पुगेका आन्दोलनकारीले मेयर थापाको स्वार्थपूर्ण निर्णयका कारण आफुहरु सुकुम्बासि बन्ने अवस्था आएको बताएका छन् । सोहि जग्गामा लामो समयदेखि बसोवास गर्दै आएका जनताले जग्गाको लापूर्जा आफूहरुले पाउनुपर्ने माग गरिरहेकाबेला मेयर थापाले स्वार्थपूर्तीका लागि सरकारलाई कबुलिय वन बनाउन सिफारिस गर्ने निर्णय नगरपालीकाबाट गराएको उनीहरुले बताए ।

स्थानीय रामकुमार भुजेलले आफूहरु लामो समयदेखि उक्त ऐलानी जग्गामा बसोबास गर्दै आएको र उक्त जग्गालाई नगरपालिकाले नेपाल सरकारलाई कबुलिय वन बनाउन सिफारिस गरेपछि आफूहरुको उठिबास हुन पर्ने भएकाले नगरपालिकामा मागहरु राख्न गएको बताउनुभयो । नगरपालिकाले भने सो जग्गा पहिलेदेखि नै सरकारी रहेको र मन्त्रिपरिषद्ले नै कबुलियत बन बनाउने निर्णयसहित कार्य अगाडि बढाएको जनाएको छ । बेलका नगरपालीका भित्रको ऐलानी जग्गमा हजारौको संख्यामा नागरिकहरु दशकौदेखि बसोबास गर्दै आएका छन् । तर मेयर थापाले आफ्नो स्वार्थ अनुकुल हुनेगरि उक्त ऐलानी जग्गामा बसोबास गर्दै आएकालाई हटाउने सड्यन्त्र अनुरुप नेपाल सरकारलाई कबुलिय वन बनाउन सिफारिस गरेपछि स्थानीय आक्रोशित बनेका हुन् ।

यसअघि नगरपालीका भित्रको सिसुवाखोलामा नदीजन्य पदार्थ उत्खनन् गरेर बस्ति नै जोखिममा पारेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए । सो बेला सिसुवाखोला बस्ति नजिकै नदि उत्खनन् गरि ढुंगा, गिट्टि, बालुवा उत्खनन गरेर बिक्रि गर्ने कार्यमा मेयर आफै संलग्न भएको भन्दै स्थानीयले मेयर थापा र ठेकेदारलाई सिसुवा बजारमा नै आक्रमणको प्रयास गरका थिए ।

यता, प्रहरीले शान्तिपूर्ण विरोध कार्यक्रममा बल प्रयोग गरेको भन्दै स्थानीय राजनीतिक दलहरुले विरोध गरेका छन् ।

नेपाली कांग्रेसका नगर सभापति सुशील सेढाईं, माओवादी केन्द्रका अध्यक्ष मनोज तामाङ, जनता समाजवादीका अध्यक्ष सुरेन्द्र राई, राप्रपा अध्यक्ष टिकाराम शर्मा र नेकपा नगर सचिव सुकदेव चौधरीले प्रहरीले बल प्रयोग गरेको भन्दै विज्ञप्ति निकालेर विरोध गरेका छन् ।

उनीहरुले घाइते सबैको उपचार र गिरफ्तार गरिएकाहरुके शीघ्र रिहाइको माग गरेका छन् । समस्या समाधानका लागि नगरपालिकाले तत्कालै वार्ताको वातावरण बनाउने पर्ने अन्यथा थप आन्दोलन हुनसक्ने उनीहरुले चेतावनी दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ