भारतले अझै नेपाललाई डेढ महिना खोप नदिने, पहिलो डोज लगाएका लाखौँ नागरिक प्रभावित

भारतले अझै नेपाललाई डेढ महिना खोप नदिने, पहिलो डोज लगाएका लाखौँ नागरिक प्रभावित

  • बुधबार, असार १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

असार १६ काठमाडौँ । अग्रिम भुक्तानी दिएर पनि भारतले नेपाललाई अझै डेढ महिना सम्म खोप नदिने भएको छ । भारतको सिरम इन्स्टिच्युटसँग खरिद गरिएको र सम्झौताअनुसार गत चैतमै आइसक्नुपर्ने कोभिड–१९ विरुद्धको १० लाख मात्रा कोभिसिल्ड खोप अझै डेढ महिना नआउने देखिएको छ । आफ्ना २० प्रतिशत नागरिकलाई दुवै मात्रा खोप लगाइसकेपछि मात्र भारतले छिमेकी देशमा उपलब्ध गराउन ‘प्रयत्न थाल्ने’ अडान राखेपछि नेपालको पैसा तिरेर पनि नागरिकले खोप लगाउन नपाउने अवस्था आएको हो ।
भारतमा दुवै मात्रा खोप लगाइसकेकाको संख्या अहिलेसम्म करिब ५ प्रतिशत छ । भारतबाट अनुदान र खरीद गरेर २० लाख डोज खोप यस अघि ल्याएर लगाएका १४ लाख नागरिकले दोस्रो डोज लगाउन नपाउदा समस्या भएको छ । खोप र गुणस्तरीय उपचारको अभावमा दोस्रो लहरमा धेरै मानिसको ज्यान गएको छ ।
नेपालले खोपका लागि भारतमा बढी निर्भरता देखाँउदा समस्या आएको कतिपय विज्ञहरुले टिप्पणी गरेका छन् । नेपालले चीनबाट १८ लाख डोज खोप अनुदानमा लिएर नागरिकहरुलाई लगाएको छ । चीनबाट थप खोप ल्याउने भनिएपनि प्रकृया अझै अघि बढेको पाईएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ