५५ वर्षपछि जर्मनीमाथि शानदार जीत निकाल्दै बेलायत युरोकपको क्वार्टर फाईनल पुग्यो

५५ वर्षपछि जर्मनीमाथि शानदार जीत निकाल्दै बेलायत युरोकपको क्वार्टर फाईनल पुग्यो

  • बुधबार, असार १६, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

अन्तराष्ट्रिय फुटवलमा जर्मनीसँगको लामो समयको बदला पूरा गर्दै इग्ल्याण्ड यूरोकपको क्वाटर फाईनल प्रवेश गरेको छ । आज बिहान सम्पन्न खेलमा ईग्ल्याण्डले जर्मनीमाथि दुई शुन्यको प्रभावशाली जीत निकाल्यो ।
वेम्वलीमा भएको खेलमा पहिलो हाफ् बराबरीमा सकिएको थियो । त्यसपछि दोस्रो हाफ्मा स्टर्लिगंले ७५ औं मिनेटमा गोल गर्दै ईग्ल्याण्डका लागि अग्रता दिलाए ।
त्यसपछि कप्तान ह्यारी केनले ८६ औँ मिनेटमा दोस्रो गोल गर्दै जीत सुनिश्चित गरे ।
ईग्ल्याण्डले जर्मनीमाथि ५५ वर्षपछि जीत निकाल्न सफल रह्यो ।
जर्मनीका पटक पटकका उत्कृष्ट गोल प्रयासलाई ईग्ल्याण्डका गोल किपर जोर्डन पिकफर्डले शानदार रुपमा बचाउ गर्दै टिमलाई जीताउन महत्वपूर्ण योगदान गरे ।
अब क्वार्टर फाईनलमा ईग्ल्याण्डले युक्रेनको सामना गर्नेछ ।
युक्रेनले स्वीडेनलाई गएराति सम्पन्न खेलमा दुई एक गोल अन्तरले पराजीत गर्दै क्वार्टरफाईनलमा स्थान पक्का गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ