दाङमा यात्रुबाहक बस सडकबाट खस्यो, १७ यात्रु घाईते

दाङमा यात्रुबाहक बस सडकबाट खस्यो, १७ यात्रु घाईते

  • मङ्लबार, असार १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

दाङ १५,असार। राप्ती लोकमार्ग अन्तर्गत तुलसीपुर–सल्यान खण्डको सिरखोलामा यात्रुबहाक बस दुर्घटना हुँदा १७ जना यात्रु घाईते भएका छन् । घाईतहरुको अबस्था सामान्य रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताए । अहिले राप्ती प्रादेशिक अस्पताल मा घाइते हरुको उपचार भैरहेको छ ।

उनका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं ३ सिरखोलामा मंगलबार बेलुका साढे ६ बजेतिर रा १ ख २४३९ नम्वरको बस दुर्घटनामा परेको हो । सल्यानबाट बाँके जाँदै उक्त बस सडक देखि झन्डै ५० मिटर तल खसेको छ । गाडी दुर्घटना भएको स्थानमा घुम्ती छ । त्यसैले पनि दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएको छ ।

घटना बारे विस्तृत विवरण आउन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ