भकुण्डेमा अवैध मदिरा नष्ट

भकुण्डेमा अवैध मदिरा नष्ट

  • मङ्लबार, असार १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

भकुण्डे–नमोबुद्ध नगरपालिकाको भकुण्डे तथा आसपासका क्षेत्रमा अवैधरुपमा बिक्रीका लागि राखिएका घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ ।
प्रहरी चौकी भकुण्डेबेशीले जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको निषेधाज्ञा कार्यान्वयन गराउने उद्देश्यले गरेको बजार अनुगमनको क्रममा नमोबुद्ध नगरपालिका २ बुचाकोट र नमोबुद्ध ७ भकुण्डेबजारमा रहेका तीनवटा पसलबाट कच्चा पदार्थसहित २ सय ७० लिटर घरेलु मदिरा बरामद गरेको थियो । बरामद गरिएको मदिरा सोमबार नमोबुद्ध नगरपालिका र वडा नं। ४ को रोहबरमा नष्ट गरिएको प्रहरी चौकी भकुण्डेका इन्चार्ज सुजन कुरुङ्जुले जानकारी दिए । नमोबुद्ध नगरपालिका ४ का वडा अध्यक्ष उद्धवप्रसाद काफ्ले, नगरपालिकाका प्रशासकीय अधिकृत विनोद रसाइली लगायतको उपस्थितिमा मदिरा नष्ट गरिएको हो ।
कुरुङ्जुका अनुसार मदिरा बिक्रीवितरण गर्ने व्यवसायीलाई अबदेखि बिक्री नगर्ने शर्तमा एकपटकका लागि चेतावनीसहित छाडिएको छ । प्रहरी चौकी भकुण्डेले अवैधरुपमा मदिराको बिक्रीवितरण नगर्न सर्वसधारणमा अपिलसमेत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ