१५ असार, काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि दुई महिनादेखि बन्द गरिएको आन्तरिक हवाई सेवा भोली बिहीबारदेखि सञ्चालनमा आउने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सीमित क्षमतामा हवाई उडान सञ्चालन गर्न अनुमति दिएपछि हवाई सेवा पुनः सञ्चालनमा आउन लागेको हो ।
कोरोना महामारी बढ्दै गएपछि सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक हवाई उडान सेवा स्थगित गरेको थियो ।
कोरोना संक्रमितको संख्या घट्न थालेपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खकुलो बनाएसँगै सरकारले आन्तरिक हवाई उडान पनि सुचारु गर्न अनुमति दिएको हो ।
भोलीदेखि सेवा सञ्चालन गर्ने भएपछि हवाई सेवा प्रदायकहरुले टिकट बुकिङ थालेका छन् । हवाई उडानमा पनि क्षमतको आधा संख्यामा मात्र यात्रु राख्न प्राधिकरणले अनुमति दिएको छ ।
तर पूर्ण क्षमतामा सेवा सञ्चालन नगर्दा दैनिक खर्च धान्न समस्या हुने विमान सञ्चालकहरुले बताएका छन् ।