युरोकपः फ्रान्स अनपेक्षित हार सहित युरोकपबाट बाहिरीयो,स्पेन र स्वीजरल्याण्ड क्वार्टरफाईनल प्रवेश

युरोकपः फ्रान्स अनपेक्षित हार सहित युरोकपबाट बाहिरीयो,स्पेन र स्वीजरल्याण्ड क्वार्टरफाईनल प्रवेश

  • मङ्लबार, असार १५, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

युरोकपको उपाधी दाबेदारको रुपमा हेरिएको फ्रान्स स्वीजरल्याण्डसँग अनपेक्षित हार व्यहोर्दै युरोकपबाट बाहिरीएको छ । स्विट्जरल्यान्डले टाइब्रेकरमा फ्रान्सलाई सोमबार ५–४ ले स्तब्ध पार्यो । केयलिन एमबापे निर्णायक पेनाल्टी प्रहारमा गोल गर्न असफल रहे । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेलमा पनि दुबै टिम तीन तीन गोलको बराबरीमा रोकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो ।
दुई गोलको अग्रता बनाएर पनि फ्रान्स हार व्यहोर्न बाध्य भएपछि फ्रान्सेली समर्थक निराश बने । स्विस टिमका लागि मारियो गाभरानोभिचले ९० औं मिनेटमा बराबरी गोल गोल गरेका थिए । स्विस गोलरक्षक यान सोमरले एमबापेको पेनाल्टीलाई गोल हुन दिएनन् ।
ह्यारिस सेफेरोभिचले स्विट्जरल्यान्डलाई १५ औं मिनेटमा अग्रता दिलाएका थिए । लगतै रिकार्डो रोडरिग्वेजको पेनाल्टी प्रहार फ्रान्सेली गोलरक्षक ह्युगो लोरिसले जोगाए । फ्रान्सेली टिममा साढे पाँच वर्षपछि फर्केका करिम बेन्जेमामा दुई गोल गर्दै टिमलाई खेलमा पर्काए । पउल पोग्बाले ७५ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई ३–१ ले अगाडि राखे ।
टाइब्रेकरमा स्व्टिजरल्यान्डका तर्फबाट पाँचै प्रहार गोलमा परिणत भएको थियो र फ्रान्सका एम्बापेको गोल हुन नसकेपछि पाँच चार गोलको अन्तर रहँदै फ्रान्स बाहिरीयो ।
क्वार्टरफाईनलमा अब स्वीजरल्याण्डले स्पेनको सामना गर्नेछ ।
गएराति नै भएको खेलमा स्पेनले क्रोएसियालाई पाँच तीन गोल अन्तरले पराजीत गर्यो ।
स्पेनका गोल किपर सिमोनले आत्माघाती गोल गरेपछि शुरुमा निराश बनेको स्पेनले पहिलो हाफ्मै खेलमा फर्कन सफल रह्यो ।
अतिरिक्त समयमा दुई गोल गर्दै स्पेन युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार अबेर राति सकिएको खेलमा स्पेनले क्रोएसियालाई ५ ३ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।
निर्धारित समयको खेल ३ ३ गोलको बराबरीमा सकिएपछि थप गरिएको ३० अतिरिक्त समयमा स्पेनका लागि अल्भारो मोराटा र माइकल ओयर्जाबालले गोल गरेका थिए।

मोराटाले खेलको १०० र ‍ओयर्जाबाजले १०३ मिनेटमा गोल गर्दा स्पेन विजयी भएको हो।
क्रोएसियाका पासालिकले दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा गोल गरेसँगै निर्धारित ९० मिनेटको खेल ३ ३ गोलको बराबरीमा आएको थियो।
क्वार्टरफाईनलमा अब स्पेनले स्वीजरल्याण्डको सामना गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ