सेयर कारोबार मापक नेप्से ५ अंकले बढ्यो

सेयर कारोबार मापक नेप्से ५ अंकले बढ्यो

  • सोमवार, असार १४, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

१४ असार, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ५ दशमलव ११ अंकले बढेर २ हजार ८ सय ७५ दशमलव ४९ अंकमा पुगेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव १७ अंकले बढेर ५ सय ३३ दशमलव ५७ अंकमा पुगेको छ । कारोबार रकममा भने उल्लास देखिएन ।

दिनभर भएका ८१ हजार ३ सय कारोबारबाट २१९ कम्पनीका १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१६ रुपैयाँ पुगेको छ ।

आज लघुवित्त वित्तीय संस्थाहरुको सेयरमा लगानीकर्ताहरुको चाप देखिएको छ । लघुवित्तको सेयरमा माग अत्यधिक देखिदा धेरै कमाउनेमा यो समूहका लगानीकर्ताहरु देखिएका छन् । समूहगत सवइन्डेक्स सबैभन्दा धेरै लघुवित्त समूहकै बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी