असार १४, एजेन्सी । भेनेजुएलालाई १ ० ले पराजित गर्दै पेरु कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
आज बिहान भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई पराजित गर्दै पेरु अन्तिम आठमा पुगेको हो ।
पेरुको जितमा आन्द्रे कारिल्लोले निर्णायक गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन् । यस जितसँगै पेरु समूह’बी’को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो ।
पेरुले ४ खेलमा ७ अंक जोड्यो । भेनेजुएला भने समूह चरणबाटै बाहिरिएको छ । २ अंक जोडेको भेनेजुएला पुछारमा रह्यो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline