यूरोकप अन्तर्गत प्रि क्वार्टर फाईनल अन्तर्गत आज राति हुने दुई टोलीबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।
युरोकपको साबिक बिजेता पोर्चुगल र बेल्जियमबीच राति पौने १ बजे खेल हुने छ । बेल्जियम समुह चरणमा अपराजीत रहेकोछ भने पोर्चुगल तेस्रो हुँदै अन्तिम १६ मा आईपुगेको हो ।
पोर्चुगलले आफ्नो समूहमा हंगेरीलाई हराएको थियो । सर्वाधिक तीनपटकको विजेता जर्मनीसँग पोर्चुगल ४–२ स्तब्ध भएको थियो । समूहको अन्तिम खेलमा पोर्चुगलले विश्व च्याम्पियन फ्रान्सलाई २–२ को बराबरीमा रोक्न सफल भयो । चालू प्रतियोगितामा रोनाल्डो पाँच गोल गरेर सर्वाधीक गोल गर्ने खेलाडीको उपाधी हात पार्ने अवसरको नजिक छन् ।
रोनाल्डोसँग रामेलु लुकाकुको तुलना गरिदैछ । बेल्जियम अन्तराष्ट्रिय उपाधी बिहीन रहेपनि लुकाकुको चर्चा निकै छ । अहिले पोर्चुगल र बेल्जियमको महाभीडन्तमा दुई अब्बल खेलाडीलाई तुलना गरेर चर्चा भईरहेको छ ।