एकै व्यक्ति एकै कार्यकालमा संविधानको सबै धारा अनुसार प्रधानमन्त्री हुने व्यवस्था छैनः आचार्य

एकै व्यक्ति एकै कार्यकालमा संविधानको सबै धारा अनुसार प्रधानमन्त्री हुने व्यवस्था छैनः आचार्य

  • आइतवार, असार १३, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

संविधानविद् भीमार्जुन आचार्यले एउटा व्यक्ति एकै कार्यकालमा संविधानको सबै धारा प्रयोग गरेर प्रधानमन्त्री हुने व्यवस्था संविधानमा नभएको बताएका छन् ।

आज संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि बहस गर्दै अधिवक्ता आचार्यले एउटा व्यक्तिले एउटै कार्यकालमा संविधानका सबै धारा अनुसार प्रधानमन्त्री हुन पाउने भन्ने कहीँ नलेखेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा (४) को प्रावधान अनुसार ३० दिनभित्र संसदमा विश्वासको मत लिनैपर्ने आचार्यले जिकिर गरेका छन् ।

धारा ७६ (४) को प्रक्रिया हाउसमा पूरा नगरीकन अर्को प्रक्रियामा जान नपाइने व्यवस्था संविधानले गरेको उनको दाबी छ ।

अहिले अन्य कानुन व्यवशायीले बहस गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ