असार १२ काठमाण्डौं । नेपालमा आज २०१६ जना कोरोना संक्रमित थपिएका छन् ।
९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यो सँगै हाल सम्म संक्रमितको संख्या ६ लाख ३२ हजार ३२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ ।
यसै गरी आज ३० संक्रमितको मृत्यु भएको छ । हाल सम्म कुल मृतकको संख्या ८ हजार ९७५ पुगेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline