१२ असार, काठमाडौं । निरन्तरको बर्षापछि सिन्धुपाल्पोकको इन्द्रावती नदीमा आएको बाढीले मेलम्ची बजारमा एक घर बगाएको छ। इन्द्रावती नदी र मेलम्चीमा आएको बाढीले जोगिएको मेलम्ची ११ का गोपाल भनिने महेन्द्र दुलालको ३ तले घर मेलम्ची खोलाले आज बिहान बगाएको हो ।
आज बिहान उक्त घर ढलेल खोलामा मिसिएको मेलम्ची प्रहरीका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए । घरपरिवार अन्यत्र स्थानान्तर भएकाले कुनै मानविय क्षति भने भएको छैन ।
मेलम्ची नगरपालिकाबाट नक्सा पास गरेर मापदण्ड पुरा गरेर घर निर्माण गरिएको थियो । लगातार वर्षा कारणा बाढी र पहिरोले मेलम्ची बजार डुबानमा परेको छ भने धेरै घरपरिवार विस्थापित भएका छन् ।
असार १ गतेदेखि आएको बाढीले हेलम्बु र मेलम्चीमा ५ जनाको मृत्यु भएको छ, दर्जनौ बेपत्ता भएका छन्। त्यस्तै ४ सय भन्दा बढी घर बिस्थापित भएका छन्।
निरन्तर वर्षाको कारण नदीमा पानीको बहाब बढिरहेकाले नदी आसपास र तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन इलाका प्रहरी कार्यलय मेलम्चीले आग्रह गरेको छ।