प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

प्रतिबन्धित औषधी सहित २ जना पक्राउ

  • शुक्रबार, असार ११, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

सुनसरी, असार-११ गते । सुनसरी धरान १ पुरानो बजारबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान ९ कि ३० बर्षीया आस्मा खातुन र  धरान २ का ३५ बर्षीय मुन्ना प्रसाद मण्डल रहेका छन् ।
हिजो बेलुका साढे ४ बजे खातुनले प्रतिबन्धित औषधीको कारोबार गर्ने गरेको भन्ने सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १ पुरानो बजारमा रहेको खातुनको कोठामा खातुन सहित मण्डललाई फेला पारी खानतलासी गर्दा मण्डलको साथबाट Spasmo-proxyvon®plus १८ पत्ता -१४४ क्याप्सुल र खातुनको कोठामा लुकाई राखेको Spasmo-proxyvon®plus ३०६ पत्ता २४४८ क्यापसुल फेला पारेको पश्चात दुवै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ