काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज पनि बहस जारी छ ।
यस अघि नै १३ अधिवक्ताहरुले बहस सकेका छन् भने बाँकी अधिवक्ताले आज पनि बहस गर्नेछन् ।
संविधानको धारा ७६ उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि आधार पेश गर्दा दलको समर्थन चाहिन्छ कि चाहिँदैन भन्नेमा न्यायाधिशहरुले वलिकलाई प्रश्न गर्दै आएका छन् ।
अधिवक्ताहरुले भने राष्ट्रपतिले संविधान विपरीत प्रधानमन्त्रीमा देउवालाई नियुक्ति गर्नुको साटो संसद भंग गरेको भन्दै संसद पुनस्थापना हुनु पर्ने जिकिर गर्दै आएका छन् ।
यसैबचि रिट निवदेक र सरकारी पक्षले आ–आफ्नो वहस नोट पेस गरेका छन् ।
सर्वोच्च अदालतले वहसको समय निर्धारण गरेसँगै दुबै पक्षलाई बहस नोट पेश गर्न भनेअनुसार झगडिया पक्षले बहस नोट पेश गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline