महालक्ष्मी नगरपालिकाको एक अर्ब ९४ करोडको बजेट पारित

महालक्ष्मी नगरपालिकाको एक अर्ब ९४ करोडको बजेट पारित

  • बिहिबार, असार १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

ललितपुर, १० असार  । ललितपुरको महालक्ष्मी नगरपालिकाको नगरसभामा रु एक अर्ब ९४ करोडको बजेट पारित भएको छ । ‘स्वच्छ, सफा, समृद्ध सुन्दर–महालक्ष्मी नगर’ भन्ने नारासहित आउँदो आर्थिक वर्ष २०७८/७९ का लागि मङ्गलबारदेखि शुरु भएको दशैँनगरसभामा उपप्रमुख निर्मला थापाले आज चालु खर्चतर्फ २८ दशमलव ७१ प्रतिशत र पूँजीगततर्फ ७१ दशमलव २९ प्रतिशत रकम विनियोजन गरिएको जानकारी गराउनुभयो ।

यसैगरी नगरसभाले महालक्ष्मीको वडा नं ८ लुभू र वडा नं ९ लामाटार भौगोलीक हिसाबले जनसङ्ख्या बढी रहनाका साथै यी वडामा सेवा प्रवाह चुस्त र दुरुस्त बनाउन दुई÷दुई वडामा विभाजन गर्ने नयाँ नीतिसमेत पारित गरेको बताइएको छ । मुलुकमा बढ्दै गइरहेको कोभिड–१९ नियन्त्रण तथा उपचार र परीक्षणका लागि स्वास्थ्य उपकरण तथा सामग्री आपूर्ति गर्ने र प्रभावितलाई रोजगारीका साथै राहत र सहायताको व्यवस्था पनि गर्ने भएको छ ।

कोरोनाका कारण अभिभावक गुमाएका १८ वर्ष मुनिका बालबालिकालाई शैक्षिक सहायता, वडा नं १ इमाडोलमा बहुउद्देश्यीय भवनका साथै मनमोहन मेमोरियल तथा गणेशमान उद्यान अनि नगर सभाहल र अन्तरराष्ट्रिय धार्मिक सङ्ग्रहालय निर्माण गर्ने भएको छ । नगरभित्रका ज्येष्ठ नागरिकका हितमा बाआमा स्वास्थ्य सेवा कार्यक्रम तथा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न छात्राका लागि शैक्षिक सहायता र नगरक्षेत्रभित्रको सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यक्रममा जोड दिएको देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी