यौन सम्पर्क गर्न नमानेपछि सन्तोषीको हत्या गरेको खुलासा, आरोपी पक्राउ

यौन सम्पर्क गर्न नमानेपछि सन्तोषीको हत्या गरेको खुलासा, आरोपी पक्राउ

  • बिहिबार, असार १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 25.3K
    SHARES

काठमाडौं, असार १० । चराचुरुंगीको आवाज निकालेर चर्चामा रहेकी सन्तोषी सुब्बालाई एक युवाले यौन सम्पर्क गर्न नदिएको झाँेकमा हत्या गरेको खुलेको छ ।

काठमाडौंको दक्षिणकालीबाट बुधबार पक्राउ परेका २८ वर्षीय सुरेश तिमिल्सेनाले प्रहरी समक्ष उक्त बयान दिएको बुझिएको छ ।
मंगलबार काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा मृत फेला परेकी सन्तोषीको उनैले हत्या गरेको खुलेको छ ।

काठमाडौंको कालोपुलमा धनबहादुर तामाङकी धर्मछोरी बनेर १७ वर्षदेखि बस्दै बस्दै आएकी सन्तोषी ‘गंगटो’ खोज्न जान्छु भन्दै निस्किएकी थिईन् ।
फर्पिङमा बसेर चिया खाने क्रममा भेट भएका तिमल्सिनाले सन्तोषीलाई खाना र सुत्ने व्यवस्था मिलाइदिने आश्वासन दिएर बलात्कारको प्रयास गरेका थिए । तर सन्तोषीले नमानेपछि घाँटी थिचेर गरेका थिए ।

प्रहरीले सुरेशको कोठाबाट सन्तोषीले प्रयोग गर्दै आएको मोबाइल समेत बरामद गरेको छ ।
उनलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ