युरोकप: नकआउट चरणमा को को भीड्दैछन् ?

युरोकप: नकआउट चरणमा को को भीड्दैछन् ?

  • बिहिबार, असार १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी । युरोकप फुटबलमा समूह चरणका खेलहरु सकिएका छन् । गएरातिका खेलहरुपछि जर्मनी, पोर्चुगल, स्पेन र युक्रेन पनि राउण्ड अफ सिक्सटिनमा पुगेका छन् ।

समूह ‘एफ’ का अन्तिम खेलहरुमा जर्मनी र हंगेरी तथा फ्रान्स र पोर्चुगलले २–२ गोलको बराबरी खेलेका छन् । यो समूहबाट विजेता फ्रान्स, उपविजेता जर्मनी तथा तेस्रो स्थानको पोर्चुगल राउण्ड अफ सिक्सटिनमा पुगेका छन् ।

यसैगरी समूह ‘ई’ का अन्तिम खेलहरुमा स्पेनले स्लोभाकियालाई ५–० ले पराजित गर्दा स्विडेनले पोल्याण्डमाथि ३–२ को जित निकालेको छ ।

गएरातिका खेलहरुपछि युरोकप फुटबलको राउण्ड अफ सिक्सटिनको खेल समिकरण तय भएको छ । नक आउट चरणको पहिलो खेलमा यही शनिवार वेल्सले डेनमार्कसँग खेल्नेछ । सोही दिन इटालीको भिडन्त अष्ट्रियासँग हुनेछ ।

राउण्ड अफ सिक्सटिनका अन्य खेलहरुमा नेदरल्याण्ड्स र चेक रिपब्लीक, बेल्जीयम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इंग्ल्याण्ड र जर्मनी तथा स्विडेन र युक्रेन भिड्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ