बिपक्षी दलका विद्यार्थी संगठनले आज सरकार बिरुद्ध प्रदर्शन गर्ने

बिपक्षी दलका विद्यार्थी संगठनले आज सरकार बिरुद्ध प्रदर्शन गर्ने

  • बिहिबार, असार १०, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

असार १० काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनहरुले आज काठमाण्डौमा प्रदर्शन गर्ने भएका छन् ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्न लागेको नेबिसंघ महामन्त्री बलदेव तिमल्सिनाले जानकारी दिए ।

सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकाले सरकारका सबै जनबिरोधी गतिविधि लगाएत हिजो मात्र पेट्रोलियम पदार्थामा गरिएको चर्को मुल्यबृद्धी बिरुद्ध विरोध प्रदर्शनमा उत्रिन उनले बताए ।

हिजो मात्रै पाँच विपक्षी दलले सरकार बिरुद्ध संविधान र लोकतन्त्रको रक्षाका लागि जनपरिचालन गर्ने निर्णय गरे लगत्तै आज विद्यार्थीहरुले प्रदर्शन गर्न लागेका हुन् ।
गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र, एमाले माधव समुह, जसपा यादव समुह र जनमोर्चा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ