काठमाडौँ, ९ असार । अनामनगरको घर घेराउ घटनामा हाम्रो टिम नेपालले सार्वजनिक रुपमा क्षमायाचना गरेको छ ।
हाम्रो टिमले आज एक विज्ञप्ति निकाल्दै सामाजिक विकास समाजका महासचिव रक्षबहादुर रैकाको निजी घर र परिवारको व्यक्तिगत मान प्रतिष्ठामा र निजी जीवनमा आघात पुग्नेगरी आफूहरूबाट भएको गतिविधिप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेको हो ।
हाम्रो टिमले केही सञ्चारकर्मीसहित सामाजिक विकास समाजको बन्दै गरेको भवन अवलोकन गर्न क्रममा भुलवस भएको गल्ती स्वीकार गरेको हो ।
हाम्रो टिम नेपालले तत्काल पार्क बनाउन दिने र लकडाउन सकिएको एक हप्ताभित्रमा रातारात बनाएको टहरा हटाउने सम्झौतामा गरेपनि पार्क बनाउन जाँदा अवरोध सिर्जना गरेको थियो । त्यही क्रममा महासचिव रैकाको घरको दृश्य युट्युवमा हालेपछि कानूनी उपचारको बाटो अगाडि बढेको थियो । यसैबीच आज हाम्रो टिमले प्रहरी कार्यालयमै माफी माग्दै युट्युब , टिक टक लगायतमा संप्रेषण भएको भिडिओ तत्काल बन्द गराउन पहल गर्ने लिखित प्रतिबद्धता जनाएको छ । मानहानी हुने भएका गतिविधिप्रति क्षमा माग्दै आगामी दिनमा यस्ता कमीकमजोरी नहोऱ्याउने प्रतिबद्धता जाहेर गरेको छ ।