नेप्सेमा उच्च अङ्कको वृद्धि, आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट

नेप्सेमा उच्च अङ्कको वृद्धि, आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट

  • मङ्लबार, असार ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार आरालो लागेको नेप्सेमा आज भने पुनः हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से ७९.४४ बिन्दुले उकालो लागेर दुई हजार ९१३.८४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.१९ बिन्दुले बढेर ५३६.३४ मा पुगेको छ ।
नेप्सेका अनुसार कूल २२५ कम्पनीको एक करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर रु १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ मा खरिद बिक्री भए । आजको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ४८ अर्ब दुई करोड ४४ लाख बराबर पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहको नै शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ४४.१३, व्यापार २१.५४, होटल तथा पर्यटन १०९.९५, विकास बैंक २५१.३३, जलविद्युत् १५०.०१, वित्त १२७.६, निर्जीवन बीमा ३७५.२३, उत्पादन १६२.४१, अन्य ३४.८२, लघुवित्त ६४.९, जीवन बीमा ३८७.८५, सामूहिक लगानी कोष ४.५८ र लगानी उपसमूहको शेयर ४.५८ बिन्दुले उकालो लागेको छ ।
नेप्सेका अनुसार आज आठ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा अधिकांश जलविद्युत् कम्पनी रहेका छन् । अपि पावर कम्पनी, ङादी ग्रुप अफ पावर, पञ्चकन्या माई हाइड्रोपावर, बरुण हाइड्रोपावर, एचआइडिसिएल, जानकी फाइनान्सको शेयरमा समान १० प्रतिशतले बढोत्तरी भएको छ । राधी विद्युत् कम्पनी ९.९९, जोशी हाइड्रोपावरको शेयरमा ९.९६ प्रतिशतको वृद्धि भएको छ । यस्तै, गोर्खाज फाइनान्स, ३.१७, एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर ३.०५, एसबिएल डिवेञ्चर २, एनआइसि एशिया डिवेञ्चर १.९६ र कुमारी इक्विटी फण्डका लगानीकर्ताले १.४४ प्रतिशतले गुमाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ