बडीमालिकाको बजेट साढे ५५ करोडः विमानस्थलका लागि सम्भाव्यता अध्ययन

बडीमालिकाको बजेट साढे ५५ करोडः विमानस्थलका लागि सम्भाव्यता अध्ययन

  • मङ्लबार, असार ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि रु ५५ करोड ५० लाख ५१ हजार बजेट पेश गरेको छ ।

नवौं नगरसभामा बजेट प्रस्तुत गर्दै नगरपालिकाका उपप्रमुख कविता विष्टले कूल बजेटको पुँजीगततर्फ ५२.१० प्रतिशत अर्थात् रु २८ करोड ९२ लाख र चालूतर्फ ४७.८९ प्रतिशत अर्थात् रु २६ करोड ५८ लाख २८ हजार प्रस्ताव गरेको छ ।

कोरोनाका कारण सम्पन्न हुन नसकेका योजनाका लागि क्रमगत रुपमा बजेट विनियोजन गरेको नगरपालिकाले पूर्वाधार विकास क्षेत्रका लागि रु एक करोड ५८ लाख र कृषि क्षेत्रका लागि रु ७० लाख ७० हजार बजेट विनियोजन गरेको छ । त्यस्तै सामाजिक क्षेत्रका लागि रु २५ करोड ३ लाख, वातावरण तथा विपद् व्यवस्थापनमा रु एक करोड ९१ लाख ६६ हजार र जनताको शासन जनमैत्री प्रशासन अभियानतर्फ रु ९ करोड ५६ लाख बजेट विनियोजन गरेको नगरपालिकाले बजेटमा विकास पूर्वाधार र कृषि क्षेत्रलाई बढी प्राथमिकतामा राखिएको छ ।

उपप्रमुख विष्टले नगरप्रमुखले ल्याउनुभएको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नेतर्फ बजेट लक्षित रहेको बताउँदै यसको प्रभावकारी कार्यान्वयन हुने पनि जानकारी दिनुभयो ।

विधेयक तथा कार्यविधि पारित

बडीमालिका नगरपालिकाको नवौं नगरसभाले विभिन्न विधेयक तथा कार्यविधि पारित गरेको छ ।

सोमबार सम्पन्न सभाले नगरप्रमुख पद्म बडुवालले पेश गर्नुभएको विभिन्न विधेयक तथा कार्यविधि पारित गरेको नगरपालिकाले जनाएको छ । पारित भएका विधेयकमा कर तथा गैरकर सम्बन्धी विधेयक—२०७८ रहेको छ । त्यस्तै बजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्य सञ्चालन कार्यविधि २०७८, स्थानीय राजस्व समितिको कार्य सञ्चालन कार्यविधि २०७८, अनुगमन तथा सुपरीवेक्षण समितिको कार्य सञ्चालन सम्बन्धी कार्यविधि २०७८, बडीमालिका नगरपालिका शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७८ र शिक्षा प्रतिकार्य योजना २०७८ लाई पनि सभाले पारित गरेको नगरप्रमुख बडुवालले बताउनुभयो ।

यसैगरी न्यायिक समितिले पेश गरेको वार्षिक प्रतिवेदन पनि सभाले पारित गरेको नगरपालिकाले जनाएको छ ।

विमानस्थलको सम्भाव्यता अध्ययन गरिने
नगरपालिकाले आगामी आर्थिक वर्षमा नगरका गौरव आयोजना रुपमा लिएको वडा नं ९ स्थित उखाडी कवल्टामा बडीमालिका विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने नीति लिएको छ ।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विमानस्थलको सम्भाव्यता अध्ययन गर्ने र उपयुक्त देखिएमा निर्माण गर्ने नीति नगरपालिकाले लिएको हो । यसैगरी नगरपालिकाका वडा नं ५ बाहेकका सबै वडामा सडक संजाल पुर्याउने, स्थानीय उत्पादनको निर्यात र प्रवद्र्धन गर्ने तथा कोभिड— १९ को रोकथाम, उपचार र नियन्त्रण गरी नगरवासीलाई स्वास्थ्य सुरक्षा प्रदान गर्ने कार्यक्रम सञ्चालन गरिने नीति नगरपालिकाको छ ।

नगर प्रमुख बडुवालले बुढीगङ्गा नदीको संरक्षण सम्बन्धी गुरुयोजना तयार गरी यसलाई नगरवासीको जिविकोपार्जनको वैकल्पिक माध्यमको रुपमा विकास गरिने बताउँदै नगरको आर्थिक विकास र समृद्धि तथा नगरवासीको जीवनस्तरमा सुधार ल्याउने खालका परिवर्तनकारी योजना तथा कार्यक्रमलाई बजेटले प्राथमिकता दिएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी