आपँ खान दिन्छु भन्दै ९ वर्षीया बालिकाको बलात्कार, पोल खुल्ने डरले घाँटी रेटेर हत्या

आपँ खान दिन्छु भन्दै ९ वर्षीया बालिकाको बलात्कार, पोल खुल्ने डरले घाँटी रेटेर हत्या

  • मङ्लबार, असार ८, २०७८
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

आपँ खान दिन्छु भन्दै बोलाएर बलात्कार गरी त्यसपछि पोल खुल्ने डरले ९ वर्षकी बालिकाको घाँटी रेटेर हत्या गर्ने अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ की ९ वर्षीया शिवानी यादवको हत्या गरिएको पुष्टी भएको हो । यही असार ४ गते बिहान साढे ९ बजे स्थानीय शिवनाथ यादवको आँप बगैंचामा घाँटी रेटिएको अवस्थामा शिवानीको शव फेला परेको थियो। अनुसन्धान पछि बलात्कार गरी हत्या भएको पुष्टी भएको थियो ।
हत्या आरोपमा आइतबार साँझ पक्राउ परेका स्थानीय १९ वर्षीय रोहित यादवले आँप टिप्न गएकी शिवानीलाई एक्लै भएको मौकाछोपी बलात्कार गरेको र शिवानीले आमालाई भनिदिने बताएपछि उनकै हातमा रहेको हँसियाले घाँटी रेटी हत्या गरेको बयानमा स्वीकारेका छन् ।
उनी सप्तरीबाट भारततिर भाग्न लागेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार गत शुक्रबार बिहान साढे ७ बजे शिवानी आफ्नी ५ वर्षीया बहिनी सन्ध्यासँग बाख्रा चराउन र घाँस काट्न घरबाट निस्केकी थिइन्।
घरदेखि करिब ८ सय मिटर उत्तर–पूर्व खेततर्फ जाँदै गरेका बेला बहिनीलाई हिँड्दै गर्नु भनेर उनी बाटोमा पर्ने स्थानीय शिवनाथ यादवको आँपको बगैंचामा आँप टिप्न पसिन्।

त्यही बेला बगैंचामा रोहित पनि पुगे। त्यही बेला उनले आँप दिन्छु भन्दै फकाएर शिवानीलाई जबरजस्ती बलात्कार गरी हत्या गरेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ