एकै पटक १६ डिआईजीको सरुवा, को कहाँ पुगे ? सूची सहित

एकै पटक १६ डिआईजीको सरुवा, को कहाँ पुगे ? सूची सहित

  • सोमवार, असार ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

गृह मन्त्रालयले एकै पटक १६ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूको सरूवा निकालेको छ।
सोमबार मन्त्रालयले सात वटै प्रदेशका डिआइजीहरूको सरूवा निकालेको हो।

सरूवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरोमा डिआइजी धिरजप्रताप सिंहको सरूवा भएको छ।

ब्युरोमा कार्यरत् सहकुलबहादुर थापाको प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय निर्देशनालयमा सरूवा भएको छ।

प्रदेश १ मा अरुणकुमार बिसीको सरूवा भएको गृह मन्त्रालयले जनाएको छ।

उमेश रञ्जितकारको २ नम्बर प्रदेशमा सरूवा भएको छ।

यस्तै, गण्डकी प्रदेशमा डिआइजी दिवेश लोहनीको सरूवा भएको छ।

प्रहरी प्रधान कार्यालयले २ नम्बर प्रदेशमा लोहनीको सरूवा गर्न खोजेको थियो। तर, गृह मन्त्रालयले उनको सरूवा गण्डकी प्रदेशमा गरेको हो।
विशेष ब्युरोमा कार्यरत् प्रकाशजंग कार्कीको बागमती प्रदेशमा सरूवा भएको छ।

मुकुन्दराज आचार्यको लुम्बिनी प्रदेश, गणेशबहादुर ऐरको कर्णाली प्रदेश, रविन्द्रकुमार धानुकको विशेष ब्युरो, वसन्तकुमार पन्तको अख्तियार, प्रदेश १ का ईश्वरबाबाबु कार्कीको प्रधान कार्यालय योजना तथा अन्वेषण र सुदूरपश्चिम प्रदेशमा कार्यरत् उत्तमराज सुवेदीको महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा सरूवा भएको छ।

हालका महानिरीक्षक थापापछि प्रहरी नेतृत्वमा पुग्ने दाबेदारमध्येबाट विश्वराज पोखरेल यसअघि नै एआइजी भइसकेका छन्।

https://www.mirmireonline.com/wp-content/uploads/2021/06/DIG_transfer_2078_03_07.pdf

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ