थुनिएको मस्र्याङ अझै खुलेन, तल्लो तटीय क्षेत्रमा अझै जोखिम

थुनिएको मस्र्याङ अझै खुलेन, तल्लो तटीय क्षेत्रमा अझै जोखिम

  • सोमवार, असार ७, २०७८
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

बेंसीसहर असार ७ । मनाङको चामेमा शनिबारदेखि थुनिएको मस्र्याङदी नदी अझै पूर्ण रुपमा खुलेको छैन । नदी पूर्ण रुपमा नखुलेर ताल बनेका कारण तल्लोे तटीय क्षेत्रमा रहेका बासिन्दाहरु अझै जोखिममा परेका छन् । सुरक्षाकर्मीले खुलाउने प्रयास निरन्तर गरिरहेपनि अझै पुरा खुलाउन सकिएको छैन ।

शनिबार हुम्डेमा पहिरो खसेपछि मर्स्याङ्दी नदी आंशिक रुपमा थुनिएको थियो ।

‘आइतबार दिनभर ताल फुटाउने प्रयास गरे पनि सफल नभएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

चामे बजारबाट बग्ने घट्टेखोलाले ल्याएका रूख र ठूलाठूला ढुंगा मर्स्याङ्दीमा अड्किएकाले उक्त क्षेत्रमा ताल बनेको हो । निरन्तर पानी परिरहेको मर्स्याङ्दीमा बाढीको बहावमा कुनै कमी आएको छैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ