सेनाका जवानद्धारा आफैलाई गोली हानेर आत्महत्याको प्रयास

सेनाका जवानद्धारा आफैलाई गोली हानेर आत्महत्याको प्रयास

  • सोमवार, असार ७, २०७८
  • -दिपक चौरसिया

  • 6.6K
    SHARES

पर्सा ७ असार । बिरगंजमा रहेको नेपाली सेनाको चण्डीप्रसाद गणका एकजना सिपाहीले आत्महत्याको प्रयास गरेका छन् । गएराति करीब साढे ८ बजे पर्सा जिल्ला पोखरिया नगरपालिका–५ सतवरिया घर भएका २२ वर्षीय श्यामबाबूप्रसाद चौहानले ब्यारेकभित्रै पोस्टमा खटेको बेला आत्महत्याको प्रयास गरेका हुन् ।

आफैंले बोकेको एन–१६ राइफलबाट आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ । अचानक गोली पड्केको आवाज सुनेर अन्य सिपाहीहरू गएर हेर्दा चौहानले चिउँडोमुनिबाट आफूलाई गोली हानेका थिए । सो गोली चौहानको आँखामुन्तिरबाट निस्किएको थियो । घाइते चौहानलाई नारायणी अस्पतालमा लगी प्रारम्भिक उपचार गरी नेशनल मेडिकल कलेज वीरगंजमा लगिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश कुँवरले बताए ।

घटना भएको केहीबेरमैं अस्पताल लगिएको हो, रक्तश्राव धेरै भएको छैन । मुख, दाँत र नाकमा चोट छ, अवस्था गम्भीर नै छ,” प्रनाउ कुँवरले भने । उनी आफैंलाई गोली हान्ने अवस्थामा किन पुगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ कुँवरले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ