नेप्सेको ओरालो यात्रा जारी

नेप्सेको ओरालो यात्रा जारी

  • आइतवार, असार ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च अङ्कले गिरावट आएको छ । नेपाल धितोपत्र बोर्डले विभिन्न ५१ वटा कम्पनीको शेयर कारोवार जोमिखपूर्ण भएको बताएपछि नेप्सेमा आज उच्च अङ्कको गिरावट देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको पहिलो दिन ६३.२८ बिन्दुले ओरालो लागेर नेप्से दुई हजार ९०५.१४ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.६१ बिन्दुले घटेर ५२८.५१ मा सिमित भएको छ ।
कूल २१७ कम्पनीको दुई करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर रु ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८९ मा खरिद बिक्री भए । आजकाो कारोवारपछि बजार पूँजीकरण रु ४० खर्ब ३६ अर्ब ३९ करोड १५ लाख ५० हजारको हाराहारीमा रहेको छ । आइतबार कारोवार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३५.४२, व्यापार ९८.४८, होटल तथा पर्यटन ८८.५८, विकास बैंक १०१.०९, वित्त ८०.०४, निर्जीवन बीमा २७८.२५ , उत्पादन १४९.५, अन्य ५१.०३, लघुवित्त ११७.६४, जीवन बीमा ३१०.९४, सामूहिक लगानी कोष ०.२ र लगानी २.२८ बिन्दुले घटेका छन् ।

नेप्सेमा अनुसार कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८० करोड ९९ लाख ९९ हजार ७७९ बराबरको कारोवार भयो । यस्ते, नेपाल इन्स्योरेन्स कम्पनी रु ४३ करोड दुई लाख ५५ हजार ७७०, नेशनल हाइड्रो रु ३३ करोड ७३ लाख ५४ हजार २२७, एनएलजी इन्स्योरेन्स रु २८ करोड दुई लाख ९२ हजार ६१८ र हिमालयन डिस्टिलरी रु २४ करोड ६६ लाख ९३ हजार ६४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । गोर्खाज फाइनान्स ५.४१, नेशनल हाइड्रो पावर ३.३६, रुरु जलविद्युत् परियोजना ३.१६, तारागँउ रिजेन्सी होटल २ र एनआइसी एशिया ऋणपत्र २०८३ का लगानीकर्ताले २ प्रतिशतले कमाए । त्यस्तै, यूनियन हाइड्रोपावर ९.८१, श्री इन्भेस्टमेन्ट ८.८४, बरुण हाइड्रोपावर ८.७३, नेपाल हाइड्रो डेभलपमर ८.७० र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ७.८९ प्रतिशतले गुमाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ