कोदारी राजमार्गको पुल भासियो, तातोपानी नाकामा आवत जावत बन्द

कोदारी राजमार्गको पुल भासियो, तातोपानी नाकामा आवत जावत बन्द

  • आइतवार, असार ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

काठमाडौं असार ५। सिन्धुपाल्चोकको कोदारी राजमार्गमा पुल र सडक भासिदा आवतजावत बन्द भएको छ ।
लिपिङ खोलामा रहेको पुल एका पट्टिको भागमा पहिरो गएको छ भने पुल नै भत्कन सक्ने गरी धराप अवस्थामा पुगेको छ ।
तातोपानीका प्रहरी निरिक्षक नवराज सापकोटाका अनुसार पुलबाट सवारी आवत जावत बन्द गरिएको छ ।
यस्तै कोदारी बजार भन्दा नजिकै र तातोपानीको कोप्लाङ भन्ने ठाउँमा सडक भासिएको छ । सडक र पुल भासिएपछि तातोपानी नाका हुँदै आउने कन्टेनरहरु अलपत्र परेका छन् ।
तीन दिन अघि पुल भासिएर समस्या भएको उक्त ठाउँमा सडक नै भासिएपछि आवागमनमा थप समस्या भएको छ ।
सवारी आवागमन बन्द भएपछि शनिबार देखि तातोपानी भन्सारको कारोबार समेत ठप्प भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ