जारी युरोकप २०२० मा बलियो टिम स्पेनले फेरी कमजोर प्रदर्शन गर्दै बराबरी खेलेको छ । पोल्याण्ड बिरुद्ध उसले एक एकको बराबरी नतिजामा चित्त बुझाउदा नकआउट चरण प्रवेशको संभावना जोखिममा परेको छ ।
स्पेनले खेलको २५ औं मिनेटमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । खेलको ५४ औं मिनेटमा पोल्याण्डले बराबरी गोल फर्कायो । त्यस पछि ५८औं मिनेटमा स्पेनले पेनाल्टीको अवसर पाए पनि स्पेनले गोल गर्न सकेन ।
अब स्पेनले बुधबार आफ्नो लिग चरणको अन्तिम खेलमा स्लोभाकियालाई पराजित गर्न नसके उसको यूरोकपको यात्रा समाप्त हुने छ । यो समूहमा स्विडेन चार अंकसहित शीर्ष स्थानमा छ भने दोस्रोमा रहेको स्लोभाकियाको तीन अंक छ । त्यसपछि स्पेन दुई तथा पोल्यान्ड एक अंकमा छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline