उपत्यकामा निषेधाज्ञा थप खुकुले पारिने, सिडिओहरुको बैठक बस्दै

उपत्यकामा निषेधाज्ञा थप खुकुले पारिने, सिडिओहरुको बैठक बस्दै

  • आइतवार, असार ६, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

गत बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा थप खुकुलो पारिने भएको छ । लामो निषेधाज्ञाले जनजीवन कष्टकर बन्दै गएपछि यसलाई केही सहज बनाउने तयारी भएको हो ।
यस विषयमा निर्णय गर्न आज उपत्यकाका काठमाण्डौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै छ ।
कोभिड निर्देशक समितिको बैठकले आर्थिक क्षेत्र चलायमान हुने गरी स्मार्ट लकडाउन गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार अब सात गतेरातिबाट सकिन लागेको उपत्यकाको निषेधाज्ञा थप एक साता लम्ब्याउने तर थप सहज पार्ने भनिएको छ ।
यद्यपि, सबै भन्दा बढी मार परेको यातायात क्षेत्र कसरी सञ्चालन गर्ने भन्ने अझै निर्णय हुन सकेको छैन ।
कोरोना महामारीका कारण यातायात व्यवशायीहरु धराशायी बनेको भन्दै चिन्ता जनाउदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ