अहिले जारी युरोपेली फुटवल च्याम्पियन सिपमा आक्रामक फुटबल खेलिरहेको पोर्चुगल जर्मनीसँग पराजीत भएको छ । जर्मनीको घरेलु मैदानमा पहिलो हाफ्को १५ मिनेटमै क्रिष्टियानो रोनाल्डोको गोलमा अग्रता लिएर जर्मनीमाथि दबाब दिन सफल भएको थियो ।
तर खेलको ३५ औँ मिनेटमा रुबेन डियाले आत्माघाती गोल गर्दै टिमलाई निराश पारे र जर्मनी एक एक गोलको बराबरीमा पुगेको थियो ।
त्यसको चार मिनेट लगत्तै गुरेरियोले दोस्रो आत्मघाती गोल गरेपछि जर्मन अघि बढ्यो ।
दोस्रो हाफ्मा जर्मनीले लयमा फर्कदै दुई गोल थप्दा पोर्चुगलका जोटाले एक गोल फर्काए । समग्रमा जर्मनी चार दुई गोल अन्तरले बिजयी हुँदै अन्तिम १६ मा पुग्ने संभावना जीवित राखेको छ ।
पोर्चुगलले यस अघि हंगेरीमाथि जीत निकालेको थियो । समुहको शीर्ष स्थानमा फ्रान्स रहेको छ । जर्मनीका लागि हावेर्जले ५१ औँ मिनेटमा र गोसेन्सले ६० मिनेटमा एक एक गोल गरेका थिए ।
यस अघि आजै भएको खेलमा फ्रान्स र हंगेरीले एक एक गोलको बराबरी खेलेका थिए ।