महाकाली नदीको ताण्डप: चार लेनको पुलको सडक भत्किदै, भीमदत्त र दोधाराका दुई गाँउ डुवानमा

महाकाली नदीको ताण्डप: चार लेनको पुलको सडक भत्किदै, भीमदत्त र दोधाराका दुई गाँउ डुवानमा

  • शनिबार, असार ५, २०७८
  • डम्मर दत्त भट्ट

  • 11.2K
    SHARES

कञ्चनपुर, ५ असार । केही दिनदेखिको अविरल बर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । यस बर्ष असारपुर्व नै मनसुन सुरुभएसंगै महाकाली नदीको समेत बहाव बढ्दै गएको हो ।
दार्चुलाको लिम्पियाधुरादेखि हिमाल, पहाड, चुरे भावर भएर कञ्चनपुरको तटिय क्षेत्रमा बग्ने महाकाली नदीमा पानीको सतह बढेसंगै आसपासका खोलानाला र निर्माणाधिन चार लेनको पक्की पुलका संरचनामा समेत क्षति पु¥याएको छ । भने भीमदत्त नगरपालिका १२ ऐरी ओदाली र दोधाराचाँदनी नगरपालिका ९ शान्ति टोल डुवानमा परेका छन ।

No description available.
शनिबार नदीमा पानीको बहाव बढे सगै निर्माणाधिन चारलेनको महाकाली पुलका संरचना भत्काएको छ । दोधाराका स्थानीयले नदीको सतह बढे संगै पक्की पुल जोड्ने सडक भत्काएको बताएका छन । ‘ महाकाली नदीमा पानीको सतह उच्च भएसंगै दोधाराचाँदनी नगरपालिका १० भएर बग्ने जोगबुढा नदीको पानी थुनिएर गाँउ डुवानमा परेको छ । ‘जोगबुढा नदी थुनिएर दोधाराचाँदनी नगरपालिका १० शान्ति टोल क्षेत्रको तटिय भूभागमा पानी भरिभराउ भएको छ, ‘उनले भने, ‘यो क्रम केही समय रहे थप बस्ती डुवानमा पर्नेछ ।’No description available.
महाकाली नदीमा पानीको बहाव बढ्संगै भीमदत्त नगरपालिका १२ऐरी स्थित नदी थुनिएर १० ÷१२ घर डुवानमा परेको भीमदत्त नगरपालिका १३का वडाध्यक्ष लाल बहादुर शाहीले बताए । ‘महाकाली नदीमा पानी बढ्यो, तटबन्धले पानी छेक्यो, निकास भएन, ‘उनले भने, ‘नदी क्षेत्रको बस्तीका घर डुबेका छन, पानी नघटे थप जोखिम निम्तिन्छ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले बिहानको तुलनामा दिउँसोमा महाकाली नदीमा बहाव बढ्दै गएको बताए । उनका अनुसार बिहान १ लाख ७५ हजार क्यूसेक पानी रहेको महाकालीमा दिउँसो बढेर १ लाख ९१ हजार पुगेको छ । वाढि जोखिमयुक्त क्षेत्रमा प्रहरी टोली तयारी अवस्थामा रहेको उनले बताए ।

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ