मेलम्ची बाढी पीडितलाई आयल निगमकातर्फबाट भट्टराईले १५ लाखको राहत बाँडे

मेलम्ची बाढी पीडितलाई आयल निगमकातर्फबाट भट्टराईले १५ लाखको राहत बाँडे

  • शनिबार, असार ५, २०७८
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौँ, ५ असार। नेपाल आयल निगमले मेलम्ची बाढीपहिरो पीडितलाई १५ लाख भन्दा बढीको राहत वितरण गरेको छ । निगमका तर्फबाट सञ्चालक समिति अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले मेलम्ची पुगेर राहत सामग्री वितरण गरेका हुन् ।

सञ्चालक समितिका अध्यक्ष भट्टराईका अनुसार निमगका तर्फबाट दुई सय ५० सिलिन्डर भरेको ग्यास, करिब ३५ थान ग्यास स्टप, २ सय ५० कार्टुन डाइजेष्टिक विस्कुट मेलम्ची बाढी पीडितलाई बाँडिएको हो ।

पीडित २ सय ५० घर परिवारलाई तत्काल राहत होस् भन्ने हेतुले निगमले उक्त राहत सामग्री वितरण गरेको उनको भनाई छ । मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले जनधन को क्षति हुँदा धेरै परिवार विचल्लीमा परेका छन् ।

निगमका सञ्चालक समिति अध्यक्ष भट्टराईको विशेष अग्रसरतामा निगमकातर्फबाट मेलम्ची बाढी पीडितलाई उक्त राहत सामग्री वितरण गरिएको हो। राहत वितरणमा नेपालमा आयल निगमका कर्मचारी संघ, संगठनका पदाधिकारीसमेत उपस्थित थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी