कालिकामाई गाँउपालिकामा चरम अनियमितता , पैसा सक्न पुरानो मितिमा दर्ता चलानी गराउदै रकम सकिदै ?

कालिकामाई गाँउपालिकामा चरम अनियमितता , पैसा सक्न पुरानो मितिमा दर्ता चलानी गराउदै रकम सकिदै ?

  • शुक्रबार, असार ४, २०७८
  • दिपक चौरसिया

  • 18.5K
    SHARES

वीरगंज ४ असार । पर्साको कालिकामाई गाउँपालिका संचालन प्रक्रियामा चरम अनियमितता भएको प्रमाण फेला परेको छ ।
गाउँपालिकामा अनियमितता र भ्रष्टाचार भइरहेको गुनासो बढेपछि गाउँ कार्यपालिकाको कार्यालय हरिहरपुर विर्ता पुगेको संचारकर्मीहरुलाई आर्थिक बर्ष २०७७\७८ मा संचालनमा रहेको बिकास निर्माण सम्बन्धि कुनै कागजात नरहेको कर्मचारीहरुले वताए । कार्यालयमा रहेको दर्ता चलानी रजिष्टरमा खाली ठाउँ छोडेर दर्ता चलानी गरिएको फेला परेको हो ।

गाउँपालिकाको दर्ता रजिष्टरमा मिति २०७८ जेठ १ गते सम्म दर्ता नं. ११२१ सम्म क्रमश दर्ता गरिए पनि त्यसपछि दर्ता नं. ११२२ दर्ता नगरी खालि ठाउँ राखिएको छ । त्यसपछि मिति २०७८ जेठ ३ गते दर्ता नं. ११२३ भएको हाजिर गायब सम्बन्धि पत्र दर्ता गरिएको छ ।

त्यसपछि फेरी मिति २०७८ जेठ ३ गते नै दर्ता नं। ११२४ पेश्की माग सम्बन्धि पत्र दर्ता गरिएको छ । तर फेरी दर्ता नं. ११२५ र दर्ता ११२६ को ठाउँ खालि राखेर अक्रो दर्ता गरिएको छ । मिति २०७८ असार ३ गते अन्तिम दर्ता नं. ११९२ सूचना माग सम्बन्धि पत्र दर्ता गरिएकोे छ । त्यसको बिचमा पनि केही दर्ता नं. को खालि ठाउँ राखिएकोले ब्यापक अनियमितता भएको प्रष्ट हुन्छ ।किन दर्ता रजिष्टरमा खालि ठाउँ राखेर दर्ता गरिएको हो भने बारे सोध्दा कार्यालयमा भेटिएको कर्मचारीले जवाफ दिन सकेन । यस सम्बन्धमा कार्यालयमा नभेटिएका प्रमुख प्रशासकिय अधिकृत जयचन्द्र साहसंग फोनमा बुझ्न पटक पटक फोन गर्दा पनि फोन उठेन ।

आर्थिक मसान्तको अन्तिम अन्तिमा आएर अनियमितता र पुरानो मितिमा दर्ता गर्न प्रयोजनको लागि दर्ता रजिष्टरमा खालि ठाउँ राखेर दर्ता गरिएको गाउँपालिका कै क्रमचारी स्रोतले जनाएको छ । यस्तो नियम विपरित धेरै काम हुने गरेको ति कर्मचारीको भनाई छ ।

यस्तै, गाउँपालिकामा संचालित थुप्रै बिकास निर्माण र सामग्री खरिदको सूचना गाउँपालिका वेभसाइटमा पनि राखिएको छैन् भने गाउँपालिका कार्यालयमा पनि नरहेकोे सूचना अधिकारी अमित चौरसियाले वताए ।

गाउँपालिकामा बढ्दै गएको अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानविनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रै मुद्दाहरु परे पनि ध्यान पुग्न नसकेको स्थानियहरुले गुनासो रहेको छ ।

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी