कोपा अमेरिका फुटबलमा ब्राजिलले पेरुलाई हरायो

कोपा अमेरिका फुटबलमा ब्राजिलले पेरुलाई हरायो

  • शुक्रबार, असार ४, २०७८
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

४ असार, काठमाडौं । ब्राजिलले कोपा अमेरिका फुटबलमा पेरुलाई हराएको छ । आज भएको समूह बी को खेलमा पेरुलाई ब्राजिलले ४–० ले हराएको हो ।
ब्राजिलको यो लगातार दोस्रो जित हो । ६ अंकसहित ब्राजिल समूहको शीर्ष स्थानमा छ ।

ब्राजिलका लागि एलेक्स सान्ड्रोले १२ औं मिनेटमा पहिलो गोल गरे । नेयमारले ६८ औं मिनेटमा दोस्रो गोल थपे । तेस्रो गोल भने एरभटन रिबेरोको नाममा रह्यो र उनले खेल सकिन एक मिनेट अगाडि गोल गरे ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा रिचार्लिसनले चौथो गोल पनि गरे ।

समूह ‘बि’ कै अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले बराबरी खेलेका छन् । आज बिहान सम्पन्न खेल गोलरहित बराबरीमा टुंगिएको हो ।

यो बराबरीसँगै कोलम्बिया र भेनेजुएलाले एक एक अंक बाँडेका छन् ।

समूह ‘बि’ को पहिलो खेलमा कोलम्बियाले इक्वेडरलाई १–० ले हराएको थियो भने भेनेजुएलाले ब्राजिलसँग ३–० को हार भोगेको थियो ।

बराबरीपछि दुई खेलबाट ४ अंक जोडेको कोलम्बिया क्वाटरफाईनल नजिक पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ