युरोकप फुटबलमा वेल्स विजयी, इटाली नक आउट चरणमा

युरोकप फुटबलमा वेल्स विजयी, इटाली नक आउट चरणमा

  • बिहिबार, असार ३, २०७८
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

३ असार, एजेन्सी । इटाली युरोकप फुबटलको नक आउट चरण्ममा प्रवेश गरेको छ ।

रोममा भएको समुह चरणको दोस्रो खेलमा घरेलु टोली इटालीले स्विटजरल्याण्डलाई ३–० ले पराजित गरेको हो ।

इटालीको जितमा म्यानुएल लुकाटोलीले दुई गोल गरेभने सिरो ईमोबिलले एक गोल थपे । लगातार दुई जितसहित समुह ‘ए’ मा ६ अंक जोडेको इटालीले एक खेल अगाबै नक आउट चरणमा स्थान पक्का गरेको हो ।

समुहको अर्को खेलमा टर्कीलाई २–० ले हराउँदै वेल्सले पनि अर्को चरणको संभावना बलियो बनाएको छ ।

वेल्सको जितमा आरोन राम्से र कोनोर रोबर्ट्सले एक एक गोल गरे । त्यसअघि भएको समुह ‘बि’ को खेलमा रुसले फिनल्याण्डलाई १–० ले हराएको थियो ।

युरोकपमा आज पनि तिन खेल हुनेछन् । समुह ‘बि’ को खेलमा डेनमार्क र बेल्जीयम भिड्नेछन् ।

यो खेल नेपाली समय अनुसार वेलुकी पौने १० बजे डेनमार्ककको कोपन हेगनमा हुनेछ ।

साँझ पौने ७ बजे रोमानियाको बुकारेष्टमा समुह ‘सि’ को युक्रेनले उत्तरी मेसेडोनियासँग खेल्दा राती पौने १ बजे नेदरल्याण्ड्सको एम्सटरडममा घरेलु टोलीले अष्ट्रियासँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ