युरोकप फुटबलः मिरानचुक चम्किदा रुसको पहिलो जित

युरोकप फुटबलः मिरानचुक चम्किदा रुसको पहिलो जित

  • बुधबार, असार २, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

असार २, एजेन्सी । फिनल्याण्डलाई हराउँदै रुसले १६ औं संस्करणको युरोकप फुटबलमा पहिलो जित निकालेको छ ।

सेन्ट पिटर्सवर्ग स्टेडियममा आज भएको समूह चरणको दोस्रो खेलमा फिनल्याण्डलाई १ ० गोल अन्तरले पराजित गर्दै रुसले पहिलो जित निकालेको हो ।

रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा मिरानचुकले निर्णायक गोल गरे । उनले आर्टम ज्यूबाको पासमा उत्कृष्ट गोल गरेका हुन् ।

त्यसअघि खेलको चौंथो मिनेटमा फिनल्याण्डका जोएल पोहजनपालोले गोल गरेका थिए । तर, भीएआरमा जोएल अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।

यस जितसँगै समूह ुबी’ को रुसले २ खेलमा ३ अंक जोडेको छ । रुस तालिकाको दोस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

फिनल्याण्डको यो पहिलो हार हो । पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो । ३ अंक जोडेको फिनल्याण्ड समूहको तेस्रो स्थानमा रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ