सुपरमादीको संरचना बाढीले बगायो, १ अर्ब बराबरको क्षति

सुपरमादीको संरचना बाढीले बगायो, १ अर्ब बराबरको क्षति

  • बुधबार, असार २, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.7K
    SHARES

पोखरा, असार २ । सुपरमादी जलविद्युत आयोजनाका संरचना र सामग्री बाढीले बगाउदा १ अर्ब बराबरको क्षति भएको छ । निर्माण कार्य सकिनै लागेको आयोजनाका संरचना र सामग्री बगाएको सुपरमादी हाइड्रोका कार्यकारी अध्यक्ष पुष्पज्वती ढुंगानाले बताए।

आयोजनाको हेडबक्स (बाँध क्षेत्र) र पावर हाउसमा बाढीले क्षति गरेको उनले बताए ।

कास्कीको मादी गाउँपालिका– १ स्थित मादी नदीमा ३ वर्षअघि सुरू भएको ४४ मेगावाट क्षमताको यस आयोजना यही चैतमा निर्माण सक्ने लक्ष्य राखिएको थियो। कोरोना भाइरसको महामारीका कारण यही असारमा सक्ने भनिएको आयोजना चैतसम्म धकेलिएको थियो।

बाढीले निर्माण सामग्री र संरचना बगाउँदा फेरि तोकिएको समयमा आयोजना सम्पन्न नहुने अवस्था आएको उनले बताए ।

बाढीले इलेक्ट्रो मेकानिकलतर्फ २० करोड र हाइड्रो मेकानिकलतर्फ १२ करोड क्षति गरेको अध्यक्ष ढुङ्गानाले बताए।

बाढीले गिटी, बालुवा, सिमेन्ट, छड लगायतका निर्माण सामग्री २० करोड रूपैयाँ बराबरको बगाएको छ।

यस्तै, आयोजनामा रहेको ३ वटा स्काभेटर, ४ वटा टिपर, ४ वटा डिजल जेनेरेटर गरी २० करोडको क्षति भएको उनले बताए। यस्तै, मिक्स्चर, कंक्रिट पम्पलगायत पनि बगाइदिएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ