लमजुङको दोर्दीखोलामा बाढी, हिलेबजारका १४ घर बगायो

लमजुङको दोर्दीखोलामा बाढी, हिलेबजारका १४ घर बगायो

  • बुधबार, असार २, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

२ असार, बेंसीसहर । लमजुङको दोर्दीखोलामा आएको बाढीले दोर्दी गाउँपालिका–८ हिलेबजार क्षेत्रका १४ घर बगाएको छ । लगातार परेको बर्षाका कारण मंगलबार साँझदेखि खोलामा बाढी आएरबजारका घरहरूमा छिरेको थियो ।

एक्कासी बाढीले घरहरु भत्काउन थालेपछि स्थानीय सुरक्षीत स्थानतर्फ भागेका थिए । १ सय २० घर रहेको उक्त क्षेत्र नै बाढीको उच्च जोखिममा छ ।

दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङका अनुसार घर बगाएका र उच्च जोखिममा रहेकालाई फलेनी माविको भवनमा राखिएको छ । बाढीले बिजुलीको पोल बगाउँदा विद्युत अवरुद्ध भएको छ । खेलमैदान र किसानका कुखुराको खोर पनि बगाएको छ ।

हिलेबजारका स्थानीयको उद्धारमा प्रहरी निरिक्षकको नेतृत्वमा प्रहरी टोली खटाएको लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए । सदरमुकाम बेसीशहरबाट करिब २५ किलोमिटर दुरीमा पर्ने हिलेबजार जाने कच्ची बाटो पहिरोले भत्किएको लुइँटेलले बताए । बाढीले घरहरूमा क्षेति भए पनि मानवीय क्षति भने भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ