तस्वीरमा हेर्नुस् सिन्धुपालचोकदेखि म्याग्दी सम्म बाढीको वितण्डा कस्तो छ ( तस्वीरहरु)

तस्वीरमा हेर्नुस् सिन्धुपालचोकदेखि म्याग्दी सम्म बाढीको वितण्डा कस्तो छ ( तस्वीरहरु)

  • बुधबार, असार २, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.5K
    SHARES

देशभर मनसुन शुरु भएसँगै बाढी र पहिरोले ठूलो मात्रामा जनधनको क्षति पुर्याउन शुरु गरेको छ । उच्च सतर्कता र पूर्व तयारीको अभाव, जोखिमयुक्त क्षेत्रबाट बस्ती स्थान्तरण हुन नसक्नु जस्ता कारणले पनि पहाडमा पहिरो र मधेशमा डुबानको समस्या बढ्दै गएको छ ।
यसै क्रममा सधैँ बाढी र पहिरोको ठूलो जोखिममा पर्ने गरेको सिन्धुपालचोक यस पटक पनि पीडित बनेको छ । सिन्धुपालचोकको मेलम्ची बजार बाढीले डुबाएको छ भने बाढीका कारण अहिले सम्म सात जना मानिसको मृत्यु भईसकेको छ ।
घरहरु, बजार, बाटो, पुल, जलविद्युत जस्ता थुप्रै क्षेत्र पनि तहस नहस बनेको छ ।
अहिले सबै संयन्त्र उद्धारमा सक्रिय बनेको छ ।
यसै गरी म्याग्दीको बेनी बजार पनि बाढीले ठूलो क्षति पुर्याउने संभावना बढेको छ । म्याग्दीमा बाटो बाढीले बगाएको छ भने ठाँउ ठाँउमा पहिरो गएको छ ।
अन्य जिल्लामा समेत बाढी र पहिरोले ठुलो समस्या ल्याईरहेको हाम्रा सवाददाताहरुले जनाएका छन् ।
यसैबीच मौसम विदहरुले अझै तीन दिन सम्म भारी वर्षा हुने भन्दै उच्च सतर्कता अनपाउन अपील गरेको छ । थप अझै बर्षा हुने भएकाले बाढी र पहिरोको थप जोखिम बढ्ने अनुमान गरिएको छ ।
नेपालका धेरै जसो नदीनालाको जल सतह खतराको बिन्दुमाथि पुगेका छन् ।

No description available.

 

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ