मेलम्ची । सिन्धुपालचोकको मेलम्ची खोलामा पहिरो पछि आएको बाढीमा परेर हराइरहेकामध्ये एक जनाको शव भेटिएको छ ।
इन्द्रावती गाउँपालिका ११ बोटगाउँस्थि खोला किनारमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
माथिबाट आएको बाढीले बगाएर शव ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । शवको पहिचान हुन बाँकी छ ।
बाढीमा परेर सात जना वेपत्ता भएका छन् । वेपत्ता हुनेमा हेलम्बु गाउँपालिकाका २ का ३१ वर्षीय माधव भण्डारी, वडा नम्बर २ चुरेटार बस्ने ४२ वर्षीय गणेश ज्योति र वन नखुलेकी टीकामाया खड्का छन् । अन्य वेपत्ताको बारे विवरण आईनसकेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline