असार ३ गते आ. व. ०७८/०७९ का लागि नीति प्रस्तुत गर्दै काठमाडौँ महानगर

असार ३ गते आ. व. ०७८/०७९ का लागि नीति प्रस्तुत गर्दै काठमाडौँ महानगर

आजको कार्यपालिका बैठकमा नीति प्रस्तावमाथि छलफल

  • मङ्लबार, असार १, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

असार १, काठमाडौँ । काठमाडौँ महानगरले पर्सि (असार ३) गते नवौँ अधिवेसनमा आ. व. ०७८÷०७९ को बार्षिक नीति प्रस्तुत गर्ने भएको छ । आज बसेको कार्यपालिका बैठकमा चालु आर्थिक बर्षको समीक्षा गर्दै आगामी बर्षको नीति प्रस्तावमाथि छलफल गरेको छ ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आज बसेको बैठकमा विगत बर्षमा लिइएका नीति र तिनको कार्यान्वयनको विश्लेषण गरेको छ । यसैका आधारमा आगामी बर्षको नीति प्रस्ताव गरिनेछ ।
बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहित कार्यपालिका सदस्यहरु हुनुहुन्थ्यो ।
कार्यपालिका सदस्यहरुबाट भोलिसम्म प्राप्त हुने सुझावलाई समेटेर बार्षिक नीतिको प्रस्ताव अधिवेशनमा पेश गरिने बैठकका अध्यक्ष तथा महानगरका प्रमुख शाक्यले जानकारी दिनुभयो । अधिवेसनमा गरिने प्रस्तावमाथि नगर सभा सदस्यहरुले सुझाव दिनुहुनेछ । त्यसपछि अधिवेशनको अर्को बैठकले नीति पारित गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ