शेयर बजारमा करेक्सन, कारोबार १६ अर्बमाथि

शेयर बजारमा करेक्सन, कारोबार १६ अर्बमाथि

  • मङ्लबार, असार १, २०७८
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

असार १, काठमाडौं । लगातार उकालो लागिरहेको शेयर बजारमा आज सामान्य करेक्सन भएको छ ।

सोमवार हालसम्मकै उच्च ३ हजार २५ दशमलव ८२ विन्दुमा बन्द भएको बजार मंगलवार ३ दशमलव ७२ अंकको केक्सनपछि ३ हजार २२ दशमलव १० विन्दुमा झरेको हो ।

हजार ६१ दशमव ८१ विन्दुदेखि खुलेको मंगलवारको बजार ३ हजार ६४ दशमलव शून्य ७ विन्दुसम्म पुगेको थियो । यस दिन ३ हजार १३ दशमलव ८८ विन्दुसम्म बजार झरेको थियो ।

नेप्से परिसूचकमा सामान्य करेक्सन आएको दिन सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव २५ अंक बढेर ५५० दशमलव २६ विन्दुमा पुगेको छ ।
सामान्य अंकको करेक्सन भएको दिन मंगलवार कारोबार रकम पनि घटेको छ । सोमवार करीब १९ अर्बको शेयर कारोबार भएकोमा मंगलवार रू.१६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार बराबरको ३ करोड ९ लाख ४८ हजार ८५३ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२६ ओटा कम्पनीको १ लाख ६४ हजार ७९० पटकको व्यापारमा भएको हो ।

मंगलवार सर्वाधिक रकमको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको रू। ७६ करोड ३० लाख ९७ हजार बराबरको शेयर कारोबार भएको हो । यो दिन उक्त कम्पनीको शेयरमूल्य ३ दशमलव ३२ प्रतिशत अर्थात् प्रतिकित्ता रू। ६२ ले बढेर अन्तिम मूल्य रू। १ हजार ९३० कायम भएको छ ।

मंगलवार अन्य समूहको परिसूचक सर्वाधिक ३ दशमलव ९९ प्रतिशतले बढ्दा लगानी समूहको २ दशमलव शून्य ७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव १४ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव ५ प्रतिशत र म्युचुअल फण्ड समूहको शून्य दशमलव ३५ प्रतिशत परिसूचक बढेको छ ।

यस दिन विकास बैंक र वित्त समूहसँगै जलविद्युत समूहका लगानीकर्ताहरुले अरुभन्दा बढी गुमाएका छन् । विकास बैंक समूहको परिसूचक सर्वाधिक ४ दशमलव ४२ प्रतिशत, वित्तको ३ दशमलव २९ प्रतिशत र जलविद्युतको २ दशमलव ८ प्रतिशत परिसूचक घटेको छ ।

त्यस्तै यो दिन बैंकिङ्गको शून्य दशमलव ३४ प्रतिशत, व्यापारिकको शून्य दशमलव २७ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव शून्य १ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७३ प्रतिशत र जीवन बीमाको शून्य दशमलव शून्य ६ प्रतिशत परिसूचक घटेको हो ।

यस दिन तीन ओटा जलविद्युत् कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेको छ । सीईडीबी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको ९ दशमलव ८८ प्रतिशत, खानीखोला हाइड्रोपावरको ९ दशमलव ८२ प्रतिशत र युनियन हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव ७८ प्रतिशत बढेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ